सुविलको हत्यामा संलग्न प्रेमिकासहित पक्राउ परेका ३ जना पुर्पक्षका लागि थुनामा

सुविलको हत्यामा संलग्न प्रेमिकासहित पक्राउ परेका ३ जना पुर्पक्षका लागि थुनामा

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरका १७ वर्षीय सुविल बडायकको हत्या अभियोगमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले मंगलबार आदेश दिएको छ ।

अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले १९ वर्षीय अयोध्या राना, २० वर्षीय प्रमोद राना र १९ वर्षीय शिवानी रानालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अर्का पक्राउ परेका देवसिंह रानालाई ५० हजार रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । शिवानी हत्या गरिएका बडायककी पूर्व प्रेमिका हुन् ।

उनको गत चैत २८ गते गाउँमा विवाह समारोह भइरहेका बेला डिजेमा नाच्ने बेला विवाद भई लखेटेर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । प्रहरीले शव क्षतविक्षत अवस्थामा नजिकैको खोलामा गाडिएको अवस्थामा फेला पारेको थियो ।