दार्चुलामा भारतीय सडक ब्लाष्टिङले नेपालमा क्षति

दार्चुलामा भारतीय सडक ब्लाष्टिङले नेपालमा क्षति

दार्चुला । दार्चुलामा भारतीय सडक ब्लाष्टिङका क्रममा नेपालतर्फ क्षति पुर्याएको छ । 

भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक ब्लाष्टिङका क्रममा उछिटिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका ५ मसिनीबलुवाका तीन स्थानीयका घर र गोठमा क्षति पुर्याएको हो । 

बिहिवार र शुक्रवारको ब्लाष्टिङले ढुङ्गा उछिटिएर स्थानीय नरभान दत्त बडूको ढुङ्गा (पाट) ले छाएको भान्सा घरमा प्वाल परेको र गोठ चर्किएको छ । यस्तै हरक सिह ठगुन्नाको (पाट) ले छाएको घर र पानी धारोमा प्वाल परेको साथै जगत सिंह ठगुन्नाको जस्तापाताको छाना र मेवाका रुखमा सामान्य क्षती पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

ब्लाष्टिङले स्थानीयका खेतमा साना ठूला ढुङ्गा छरिएका छन् ।भारतीय पक्षले बिना सूचना ब्लाष्टिङ गरेको बुझिएको छ ।