कविता प्रतियोगितामा आयुष्मा प्रथम

कविता प्रतियोगितामा आयुष्मा प्रथम

धनगढी । आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तिका अवसरमा सुदूरपश्चिमाञ्चल क्याम्पसले आयोजना गरेको कविता प्रतियोगितामा आयुष्मा जोशी प्रथम भएकी छिन् । 

क्याम्पसका विद्यार्थीहरुबीच भएको प्रतिस्पर्धामा आयुष्माले प्रस्तुत गरेको सही र गलत शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको थियो ।  यस्तै दृष्टिविहिन अर्जुन रानाको कविताले दोस्रो स्थान हासिल गर्योि भने समिर परियार तेस्रो भए ।

महेश्वरी विष्ट र रेखा धानुकको कविताले सान्त्वना पुरस्कार हात पारे । प्रतियोगीहरुलाई एसपीएका बीएड, बीएसडब्लु कार्यक्रम प्रमुख टंकप्रसाद जोशी, बीबीएस कार्यक्रम प्रमुख मनोज भट्ट, प्राध्यापकहरु डा देवेन्द्रप्रसाद भट्ट, केशवराज जोशी तथा ऐन जप्रेलले पुरस्कार वितरण गरेका थिए ।