सावित्राले इन्जुरी टाइममा गोल गरेपछि नेपालले टार्‍यो हार

सावित्राले इन्जुरी टाइममा गोल गरेपछि नेपालले टार्‍यो हार

काठमाडौं । सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग हार टारेको छ ।

ढाकामा भएको  पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १(१ को बराबरी खेलेका हुन् । खेलमा घरेलु टोली बंगलादेशले कप्तान सबिना खातुनको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो ।

बंगलादेश जिततर्फ अग्रसर भइरहेको बेला नेपालले बराबरी गोल फर्काएको हो । इन्जुरी टाइममा नेपालकी स्टार खेलाडी सावित्राले गोल गर्दै नेपालको हार टारिन् ।

गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप फाइनलमा खेलेपछि नेपाल र बंगलादेशबीच पहिलो पटक खेल भएको हो ।

साफमा नेपाल फाइनलमा बंगलादेशसँग ३(१ ले पराजित भएको थियो । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।