‘प्राथमिकता भएको ठाउँमा हामीले बजेट दिईरहेका छैनौं’

‘प्राथमिकता भएको ठाउँमा हामीले बजेट दिईरहेका छैनौं’

धनगढी । आर्थिक बर्ष २०८०–८१ को बजेट माथी छलफल गरिरहेका छौं । यो बजेट माथि छलफल गर्दा हामीले दुई–तीन वटा कुरा माथीका चरण पार गर्नुपर्छ । योजना विधेयक आएको थियो । 

बजेटका सैद्धान्तिक तथा प्राथमिकता क्षेत्रहरुमा छलफल गरेका थियौं । सरकारले यस्ता आधारमा नीति तथा कार्यक्रम ल्यायो त्यसमा पनि हामीले छलफल गरेका थियौं । ति छलफको बेलामा धेरै महत्वपुर्ण कुराहरु उठेका थिए ।  हामीले प्रमख प्रतिपक्ष दलको तर्फबाट प्रस्ट ढंगले धेरै कुराहरु राखेका थियौं । एक पटक म माननिय मुख्यमन्त्री र माननिय अर्थ मन्त्रीज्यू तथा माननिय सभामुख मार्फत एक पटक स्मरण गरिदिनु हुन अनुरोध गर्न चाहान्छु । 

हामीले जुन बेलामा सैद्धान्तिक आधारहरु र प्राथमिकताका क्षेत्रहरु नीति तथा कार्यक्रममा छलफल गर्दा जुन कुरा उठाएका थिए । त्यो बेलामा तपाईहरुले प्रतिपक्षको धर्म भनेको बिरोध गर्नु मात्रै हो भन्ने कुराहरु आएका थिए । र अहिले बोल्ने अधिकाँस माननिय सदस्यहरु एक पटक स्मरण गर्नु त उहाँहरुले यो रोसटममा तपाईहरुले के भन्न् भयो भने यो त धरै राम्रो छ । यो भन्दा राम्रो अरु केही छैन । प्रतिपक्षले बिरोध मात्रै देख्यो । यसका उज्याला पक्षहरु देखेन । यो गठबन्धनका माननिय सदस्यहरुले भन्न्ु भएको हो की होईन ।

यो बजेट सहि ढंगले आयो त ।  यो कुरा त अहिले सबै माननिय सदस्यहरुले भन्दै छन त । हामीले दिशा त्यती खेर नै देखि सकेका थियौं । प्रमुख प्रतिपक्ष दलको तहबाट हामीले भनेका त थियौं । के हामीले गलत दिशा तर्फ गईरहेका त छैनौं । बेलैमा सचिउँ । हामीले सुझाब दिएका थियौं । माननिय मुख्यमन्त्री ज्यू तपाईका सत्ता गठबन्धनका तिनवटा घटक दलका संसदिय दलका नेता बिज्ञप्ती जारी गर्दै हुन्ु हुन्छ । सार्वजनिक रुपमा भन्दै हुनुहुन्छ कि यो बजेट राम्रो आएन  । हामी समर्थन गर्दैनौं । माननिय प्रति यो सदनको बिश्वास छ कि छैन । यसको जिम्मा लिनु हुन्छ कि हुन्न । जुन गठबन्धन बाट बिश्वास लिनुभएको छ । उहाँहरु भन्दै हुनुहुन्छ । सदनमै भन्नु भयो कि यो बजेटमा हामी समर्थन गर्दैन भन्नुभयो । यसले नैतिक सिर्जना गर्यो कि गरेन ।
 
मुख्यमन्त्री संग साँचै बिश्वासको मत छ त । यो कुरा सभामुख मार्फत जानकारी गराउँछु । जहाँ सम्म बजेटको कुरा छ । छलफलमा धेरै कुराहरु आए । सरकारले धेरै जोरले हल्ला गर्यो । त्यतीबेलामा पनि यो सदनमा भनेको थिए । कि हामी स्थनिय तहबाट आएका बजेटहरुलाई प्राथमिकता चाहिँ दिन्छौं भनेर धेरै जोरले भन्नुभयो । २५ लाख भन्दा मुनिका योजना हामी ल्याउँदनौं । त्यो माथीका योजना हामी प्राथमिकताका आधारमा ल्याउँछौ भन्नुभयो । प्रदेश सभाका सदस्हरुलाई ‘लेटर प्याड’मा चिठी लेखाएर माग्नुभयो । के हुन त तपाईका निर्वाचन क्षेत्रका योजनाहरु प्राथमिकताहरु के हुन ? भनेर लेखन लगाउँने । के साँचै त्यही ढंगबाट आयो त ? महालेखाले पटक–पटक यो चाही ठिक छैन है । यो नीतिगत रुपमा ठिक छैन है । यस्तो गर्नु हुँदैन है भन्ने कुरा औल्याएको पनि छ । तर हामी के गरिरहेका छौं ।  प्राथमिकता भएको ठाउँमा हामीले बजेट दिईरहेका छैनौं । बजेट बितरणको तपाईको जुन कुरा छ । हिजो हामीले काठमाण्डौंलाई सेन्टर मानेर काम भयो । संघियतापछि नजिकको सरकारले पनि उचित ढंगले काम नगरेको हाम्रो भनाई छ । 

नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले बजेटमाथिको छलफलमा व्यक्त सम्पादित धारणा