‘बजेट जनप्रतिनीधिको भावना, जनता प्रति र संसद प्रति उत्तरदायी हुन सकेन’

‘बजेट जनप्रतिनीधिको भावना, जनता प्रति र संसद प्रति उत्तरदायी हुन सकेन’

सुदूरपश्चिम प्रदेश सरकारले सभामा बजेट प्रस्तुत गरेको लामो समयपछि आज हामी छलफलको क्रममा सहभागी भएका छौँ । सभामुख महोदय बजेटको बिषयगत क्षेत्रको बिषयमा गहनता पूर्वक छलफल हुनु पर्दथ्यो ।

सुदूरपश्चिमेली जनसमुदायहरुले बजेटका हरेक पक्षको बिषयमा प्रदेशसभामा कसरी छलफल भयो ? भन्ने बिषयको जानकारी पाउँने भन्ने बिषय थियो । त्यो हुन सकेन । अहिले हामी समग्रमा बजेटको बिषयमा कुराकानी गर्दै छौँ । वास्तवमा हामी सत्तापक्षको बेञ्चमा बसेर बजेटका हरेक बिषयहरुको बिषयमा खुलेर बोल्दा खेरी पनि कहिन कहिँ नमिठो भएको जस्तो मलाई लागिरहेको छ । यहाँ सत्तापक्षका माननिय ज्युहरु बोल्दा खेरी नमिठो अमिलने भएर बोल्नुपर्ने बाँध्यता जस्तो परिस्थिती सृजना भएको छ । 

प्रदेश सरकारले बजेट निर्माणको प्रक्रियामा जसरी प्रदेशसभाका माननिय ज्युहरुको भुमिका, स्थानीयतहको भुमिका बढाएर जाने एउटा प्रतिबद्धता ब्यक्त गरेको थियो । जब प्रदेशसभामा बजेट पेस भएपछि न त बजेटमा स्थानीय तहको  सुझाव र प्रस्तावलाई कार्यान्वयनमा ल्यायो न त प्रदेशसभाका माननीयहरुले आफ्नो निर्वाचन क्षेत्रमा गएर जनताका गुनासा ल्यायो । त्यहाँका सबै समस्याहरुलाई प्रदेश सरकार सम्म पुर्याएको थियो । न त उसले सम्बोधन गर्न सक्यो । यो त फेरी गठबन्धनको सरकार छ । माननीय सभामुख महोदय, यो मुख्यमन्त्री प्रदेशको चार वटा पार्टीको मुख्यमन्त्री ज्यु हो । यो बजेट निर्माण हुँदै गर्दा सम्पूर्ण सहयात्री दलको भावना सुझावलाई केन्द्रित गरेर अगाडी बढाउनु पर्दथ्यो । त्यो हुन सकेको छैन । केही दिन अगाडीमात्र केही दलका महत्वप्र्ण दलले यो बजेट जनताको पक्षमा आएको छैन । जनप्रतिनीधिको पक्षमा आएको छैन । बिषयगत मन्त्रालयमा बजेट सन्तुलन हुन सकेको छैन । जिल्लागत रुपमा पनि सन्तुलन गर्न सकेको छैन भन्ने कुराको हामीले निस्कर्ष निकालेका थियौँ । यो यसै छलफल गरेर निस्कर्ष निकालिएको पनि होईन । आज वास्तवममा भौतिक पुर्वाधार होस्, चाहे सामाजिक बिकास मन्त्रालय तर्फको होस्, चाहे उद्योग बन वातावरण मन्त्रालयको होस्, चाहे कृर्षि मन्त्रालयको होस् । सबै क्षेत्रको हेर्ने हो भने योले जनतालाई आशाबादी बनाएको मैले देखेको छैन । यसको अर्थ यो बजेट केही पनि होईन र कतिपयले कालो किताबको संघ्या पनि दिएका छन् । तर म यस्तो संघ्या त दिदैन । तर पनि यो ले न्युनतम रुपमा जनप्रतिनीधिको भावना र जनता प्रति र संसद प्रति उत्तरदायी हुन सकेको छैन । अहिले यो बजेटले वास्तममा कयौ कुराहरुलाई नजरअन्दाज गरेको छ । प्रदेश गौरब आयोजनाको रुपमा एउटा योजना पनि अगाडी बढाउन सकेको छैन । अर्थमन्त्री ज्यु ले भन्नुभयो यो बजेट मैले डिपाचरको रुपमा अगाडी ल्याएको छु भनेर तर तपाईहरु भन्न सक्नुहून्छ मात्रै एउटा मन्त्रालयको पनि प्रदेश गौरबको आयोजना बनाउन सक्नुभयो ? 

सक्नुभएन यो सरकार ३ दिनमा बनेको थियो मैले ६, ७ महिना सरकार संञ्चालन गरिसकेका मुख्यमन्त्रीले नेतृत्व गरिरहेको स्वयम् कृर्षि मन्त्रालयको हालत देख्दा संञ्चालन गरेको देख्दा मलाई उदेख लागेर आयो । बजेटले उत्पादन क्षेत्र र बिशेष उत्पादन क्षेत्र भनेर त भनियो तर बजेट कसरी प्रस्तुत गर्यो भने अलानो फलानो भनेर । बिगतमा एउटा बजेटमा फलानो बहादुरको फलानो फर्ममा यति रकम छुट्टाएको छ भनेर भन्यौँ । उक्त बजेट पास भएको थियो । तर आज त्योलाई परिमार्जित गरेर हामी गाउँ टोल सम्म पुग्यौँ । कुनै ब्यक्तिलाई अनुदान दिने नाममा त्यसै गरेर भौतिक पुर्वाधार तिरका कयौँ कुराहरु हेरेँ । त्यहाँको करिब ४० देखि ५० करोड रुपैया त सम्भाब्यता अध्ययनमा मात्रै छ । 

आज कयौँ सडकहरु क्रमागत भएका उदाहरण पनि छन् । भुकम्प प्रभाबित क्षेत्रमा डोटी पनि पर्छ । सायल र पुर्बीचौकी त्यहाँको पुननिर्माणमा बजेटले ध्यान दिएन । तर मन्त्रीहरुका आवासका निर्माण र रङरोगनमा ध्यान दियो । त्यसकारण एउटा सत्तापक्षको सांसदको हैसियतले बोल्दा खेरी हामीलाई दुःख लागेको छ । अरु जिल्लाले के गरे थाहा भएन तर स्थानीय तह र प्रदेश सरकार बसेर जिल्ला समन्वयको अध्यक्षतामा हामीले बैठक सम्पन्न गर्यो । जिल्लाका योजनाहरु जम्मा जम्मी ५४ छ । योजनाहरु झारेर प्रदेश सरकारलाई पेस गर्यो । अहिले ती योजनाहरुको भारी बोकेर जाने प्रतिबद्धता गरे । माननीय मुख्यमन्त्री ज्युलाई पनि भेटे सबै मन्त्रीज्युलाई भेटे हाम्रा ब्यक्तिगत योजनाहरु केही छैनन् । निर्वाचन क्षेत्रमा उद्योग खोल्ने भनेको छ तर बजेट अपुरो छ । सबै कुराहरुलाई तराई केन्द्रित गर्यो भने हाम्रा पहाडका जनताहरुले सुबिधा नपाएपछि आउने कता ?  मात्र बाहानाको लागि खोला भएको देखिएको छ । 

जनप्रतिनीधिहरुको आवाजलाई पनि सुन्ने गर्नुहोस तब मात्र अगाडी बढ्नुस तब मात्र प्रदेशबासीले बजेटको अपन्त्तव लिने छन् । झ्यालका ढोकाबाट आएका समेत योजनाहरु छन् । ती योजनाहरु बिचौलीयाले प्रस्ताव गरेका योजना भनेर भन्न सुहाउदैन ? 

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य शिवसिंह ओलीले बजेटमाथिको छलफलमा सम्पादित व्यक्त धारणा