सुरक्षा निकायका प्रमुखहरुलाई विपद् प्रतिकार्यका लागि सतर्क रहन निर्देशन

सुरक्षा निकायका प्रमुखहरुलाई विपद् प्रतिकार्यका लागि सतर्क रहन निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुन सक्रिय भएका कारण  प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई विपद् प्रतिकार्यका लागि सतर्क रहन  निर्देशन दिएका छन् ।

बुधबार (आज) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै शाहले वर्षात्का कारण आउन सक्ने बाढी, पहिरो, डुबान तथा कटान जस्ता विपद्को प्रतिकार्यका लागि चनाखो भएर बस्न निर्देशन दिएका हुन् ।

शाहले विपद् प्रतिकार्यका लागि पूर्व तयारी गर्दै भइपरी आउने उद्दार तथा राहतका कामका लागि समेत सतर्क रहन समेत भनेका छन् । 

उक्त बैठकमा प्रदेशका मुख्य सचिव, सचिव, प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रदेशस्थित प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

धनगढीमा अहिले पनि बर्षा भईरहेको छ ।