ललिता निवास प्रकरणः थप एक जना पक्राउ

ललिता निवास प्रकरणः थप एक जना पक्राउ

काठमाण्डौ । बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । 

समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई काठमाण्डौको चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । यसअघि यही कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र रमेशकुमार पोखरेल पक्राउ परिसकेका छन् । 

ललिता निवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर यो जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।