सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगीत

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगीत

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगीत भएको छ । प्रधानमन्त्री पुष्कमल दाहालकी पत्नि सीता दाहालको निधन भएको अवस्थामा बैठक सञ्चालन गर्नु उचित नहुने भन्दै बैठक सारिएको हो ।

आज (बुधवार) ३ बजे बजेट माथिको छलफलका लागि प्रदेश सभा बैठक बस्ने कार्यसूची तय गरिएको थियो । 
 
बजेटमाथिको छलफलमा सबैले भाग लिन पाउने अवस्था सृजना गर्न विहीबार देखि विहान र दिउँसो दुई पटक बैठक गरिने भएको छ । बिहिबार विहान ८: ३० बजे र त्यसपछि दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने भएको छ ।