श्रद्धाञ्जलीका लागि दाहालको शव पेरिसडाँडामा

श्रद्धाञ्जलीका लागि दाहालको शव पेरिसडाँडामा

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। उनको पार्थिव शरीरमा प्रचण्डले पार्टीको झण्डासमेत ओढाए । शोकसभामा उपस्थित अन्यले पनि श्रद्धाञ्जली अपर्ण गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।

शोकसभामा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख अग्नि सापकोटा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छनसोङलगायत विभिन्न दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अपर्ण गरेका छन् ।