बालिका बलात्कारको अभियोग लागेका खरेल कञ्चनपुरमा समातिए

बालिका बलात्कारको अभियोग लागेका खरेल कञ्चनपुरमा समातिए

७ वर्षीया बालिकामाथि बलात्कार गरेर काठमाडौंबाट भागेका एकजना अभियुक्त कञ्चनपुरबाट पक्राउ परेका छन् । केही दिनअघि राजधानीको तीनकुनेमा बालिकामाथि बलात्कारपछि फरार भुवन भन्ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले सोमबार पक्राउ गरेको हो ।

खरेललाई कञ्चनपुर प्रहरीले भागेर भारततर्फ छिर्न लागेको अवस्थामा बेलौरीबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरेपछि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बालिकामाथि बलात्कारपछि फरार रहेका उनीविरुद्ध प्रहरीले उजुरी दर्ता गरेर खोजी तीब्र बनाएको थियो ।

महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी गोविन्द काफ्लेका अनुसार खरेलविरुद्ध किटानी जाहेर परपछि खोजी थालिएको थियो। खरेल काठमाडौंकै शान्तिनगरमा बस्दै आएका थिए। उनी विशेष प्रहरीका भगौडा रहेको पनि खुलेको छ। पीडित र पीडक दुवै क्रिष्चियन धर्मका परिवारको भएको खुलेको छ ।

घटना भएपछि पाष्टरहरुले ढाकछोपको कोशिश पनि गरेका प्रहरीले जनाएको छ। तर स्थानीयबासीले घटना प्रहरीसम्म र्पुयाएका थिए । घटनाको ५ दिनपछि प्रहरीमा जाहेरी परेपछि घटना बाहिर आएको थियो।