हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भई रहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको छ।