विश्वकप छनोटको उपाधि श्रीलंकाले जित्यो

विश्वकप छनोटको उपाधि श्रीलंकाले जित्यो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोटको उपाधि श्रीलंकाले जितेको छ । आज भएको फाइनलमा नेदरल्याण्ड्सलाई १२८ रनले पराजित गर्दै उपाधि श्रीलंकाले जितेको हो ।

श्रीलंकाले बनाएको २३३ रनको जवाफमा नेदरल्यान्ड्स १०५ रनै अलआउट भयो ।

नेदरल्याण्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । श्रीलंकाको शीर्ष क्रमले स्थिर सुरुवात गरेको थियो । पथुम निशाङ्कले २३ रन, सदीरा समरविक्रमाले १९ रन बनाए । यसपछि कुसल मेन्डिसले ४३ र साहन अर्कचिगेले ५७ रन बनाएर उत्कृष्ट अर्धशतक बनाए ।

चरित अस्लान्काले ३६ बलमा ३६ रन बनाए भने भानिन्दु हसरंगाले २९ रनको योगदान दिए । श्रीलंकाको टोली ४७।५ ओभरमा २३३ रनमा अलआउट भयो। नेदरल्यान्ड्सका ४ बलरले २–२ विकेट लिए ।

लक्ष्यको जवाफमा नेदरल्यान्ड्सका सबै ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरेका थिए । ओपनर म्याक्स ओ दाउदले सर्वाधिक ३३ रन बनाए भने भान बेकले अविजित २० रन बनाएपछि टोली १०५ रनमा अलआउट भयो । श्रीलंकाका महिष तिक्षानाले सर्वाधिक ४ विकेट लिए । यो खेल श्रीलंकाले एकतर्फी रूपमा १२८ रनले जितेको थियो ।

श्रीलंका र नेदरल्याण्ड्सको टोली फाइनलमा पुगेर भारतमा हुने विश्वकपका लागि छनोट भइसकेका छन् ।