सावित्राको ह्याट्रिकमा सेथु विजयी

सावित्राको ह्याट्रिकमा सेथु विजयी

स्टार फुटबलर सावित्रा भण्डारी साम्बाले इन्डियन वुमन्स लिगमा ह्याट्रिक गरेकी छिन् । सेथु फुटबल क्लबको लागि खेल्दै उनले कोल्हापुर सिटी विरुद्ध उत्कृष्ट प्रदर्शन गरेसँगै उनको टोलीले ९–० को जित हात पारेको छ । यो सँगै हालसम्म खेलेको चार खेलमा सेथुले शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

सेथुको लागि रतनवालोले पनि ह्याट्रिक गरिन् भने ग्रेसले २ गोल ठोकिन् । कोल्हापुरले एक गोल आत्मघाती प्रहारको कारण भोग्नु प¥यो ।

पहिलो हाफमा ५–० ले अघि रहेको सेथुको लागि साम्बाले दोश्रो हाफमा ह्याट्रिक पुरा गरेकी थिइन् । उत्कृष्ट फर्ममा रहेकी उनले खेलको ५६ औं, ६६औं र ७६ औं मिनेटमा गोल गरिन् ।

लिगमा सावित्राको हालसम्म ९ गोल भइसकेको छ । सेथुले अब मे १८ मा लिग चरणको अन्तिम खेल बरोडासँग खेल्ने तालिका रहेको छ ।