शुक्रबार दिउँसो देखि म्यासेन्जरमा समस्या

शुक्रबार दिउँसो देखि म्यासेन्जरमा समस्या

काठमाडौं । फेसबुकको म्यासेन्जरमा समस्या देखिएको छ ।

आज दिउँसो देखि म्यासेन्जर एपमा एकअर्कालाई फोटो पठाउन नमिल्ने भएको हो । फोटो पठाएपछि रातो अक्षरमा ‘म्यासेज कुड नट बि सेन्ट’ भन्ने गरेको छ ।

उक्त एपमा म्यासेज भने पठाउन मिलेको छ । यसबारे फेसबुक र म्यासेन्जरले कुनै जानकारी दिएको छैन् । फोटो पठाउन नमिलेपछि म्यासेन्जर प्रयोगकर्ताहरुले असुबिधा भएको छ ।