विश्वकप छनोटः श्रीलंका र वेस्ट इन्डिज भिड्दै

विश्वकप छनोटः श्रीलंका र वेस्ट इन्डिज भिड्दै

काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत शुक्रबार श्रीलंका र वेस्ट इन्डिजबीच खेल हुँदैछ ।

श्रीलंका र वेस्ट इन्डिजबीचको सुपर सिक्सअन्तर्गतको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।

श्रीलंका र वेस्ट इन्डिजबीचको खेल सुपर सिक्सको अन्तिम खेल पनि हो । त्यसैगरी, श्रीलंकाले भारतमा यसै वर्ष आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान बनाइसकेका कारण आजको खेल औपचारिकतामा मात्र सिमित हुनेछ ।