खेल्दाखेल्दै रिङभित्रै रेस्लरको मृत्यु

खेल्दाखेल्दै रिङभित्रै रेस्लरको मृत्यु

लण्डनमा एक खेलाडीको खेल्दाखेल्दै रिङभित्रै निधन भएको छ । लन्डनमा आयोजित रेस्लिङ प्रतियोगितामा विपक्षी खेलाडीसँग भिडन्त गर्दागर्दै सिल्भर किङ उपनामले चिनिने सेसर बारोनको मृत्यु भएको हो ।

उनी मेक्सिकोका चर्चित रेस्लर हुन् । उनले सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्ल्याकसँगै अभिनय गरेका थिए ।

क्याम्डनस्थित राउन्डहाउसमा कुस्ती खेल्दाखेल्दा ५१ वर्षीय सिल्भर किङ ढलेका थिए । अर्का कुस्तीबाजले बारोनलाई ‘महान् प्रतिद्वन्द्वी’ भन्दै प्रशंसा गरेका छन् ।

एल इखो डेल सान्टोले भने, ‘उनी आफूले इच्छा गरेअनुसार नै गएः भिडन्त गर्दागर्दै !’

होर्खे रोड्रिगेज भनेर पनि चिनिने एल इखो डेल सान्टोले ट्वीट गर्दै आफ्ना प्रतिद्वन्द्वीको मृत्युमा दुःख प्रकट प्रकट गरेका छन् । शनिवार ग्रेटेस्ट शो अफ लुचा लिब्रमा अचेत भएर बारोन ढल्दा भिडन्त बीचतिर पुगेको थियो ।

मेक्सिकोका सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको हुन सक्ने जनाएका छन् ।
अनलाइन माध्यमहरूमा प्रेषित दृश्यमा खेलका निर्णायक र अरू मानिसहरू ढलेका बारोनलाई सहायता गर्न लम्किएको देखिन्छ ।

सिल्भर किङका रूपमा बारोनले सन् १९९७ देखि २००० सम्म अमेरिकाको वल्र्ड च्याम्पियनशिप रेस्लिङ खेलेका थिए ।