कन्चनपुर घटना छानबिन गर्न सरकारद्वारा छानिबन समिति, सिडिओ र एसपी तानिए

कन्चनपुर घटना छानबिन गर्न सरकारद्वारा छानिबन समिति, सिडिओ र एसपी तानिए

काठमाडौं-  कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिकाको प्रहरीले नक्कली अभियुक्त उभ्याएको भन्दै विरोध प्रदर्शन भएपछि सरकारले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको नेतृत्वमा भएको प्रहरीले अनुसन्धानले करिब एक महिनापछि स्थानीय युवक दीलिपसिंह विष्टले हत्या गरेको भन्दै उनलाई सार्वजनिक गरेको थियो।

तर मृतकका आफन्तले प्रहरीले नक्कली अभियुक्त खडा गरि वास्तविकलाई बचाउन खोजेको भन्दै केही दिनयता कन्चनपुरमा विरोध प्रदर्शन गर्दै आएका छन्।

स्थानीय प्रदर्शनलाई निस्तेज पार्न स्थानीय प्रशासनले बिहीबार गोलीप्रहार समेत गरेको थियो। गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले कन्चनपुरका जिल्ला प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ।

साभार देशसञ्चार अनलाईन