प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम

प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम

धनगढी । नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा निर्वाचित भएका छन् ।

युनियनको आज सम्पन्न छैटौं अधिवेशनबाट ओझाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरिएको हो । जस अनुसार उपाध्यक्षमा सुनिल आउजी र अनिता चौधरी निर्वाचित भएका छन् । सचिवमा शंकर बोहरा निर्वाचित भएका हुन् ।

कोषाध्यक्षमा गगन ऐडी र सहसचिवमा रमा चन्द निर्वाचित भएका हुन् । सदस्यहरूमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउद, पदमराज भट्ट, पुष्कर पौडेल, केशव धामी निर्वाचित भएका छन् ।

त्यस्तै शारदा फुलरा जैसी, यमुनासाउद, भगवती सुनार, जीवन चौधरी, सौरभ राना र विवेक नागरी सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत ओमप्रकाश जोशीले जानकारी दिए ।

नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा सोमबार प्रेस युनियनको अधिवेशन सुरु भएको थियो ।