अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षका लागि ३ जनाको उम्मेदवारी दर्ता

अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षका लागि ३ जनाको उम्मेदवारी दर्ता

धनगढी ।  अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षका लागि ३ जनाले उम्मेदवारी गर्दा गराएका छन । निर्वाचन कार्यतालिका अनुसार सोमबार साढे ११ देखि दिउँसो साढे १ सम्म सम्म तोकिएको समयमा ३ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन ।

अध्यक्षमा कल्याण सिह बोहरा, मिना देउवाले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन भने कवि राज भट्टले एकल रुपमा अध्यक्षमा उम्मेदवारी गर्दा गराएका छन ।

असार २३ हुने चुनावी अधिवेशनका लागि बोहरा प्यानलबाट उपाध्यक्षमा यज्ञ राज जोशी (उद्योग) उपाध्यक्षमा देव राज भट्ट (बाणिज्य) र चेतराज पन्त (बस्तुगत), महासचिबमा संकर खड्का, सचिबमा दिलिप कुमार साउद, कोषाध्यक्षमा हेम राज भण्डारी, सदस्यहरुमा रमेश भट्टराई, ज्ञानेन्द्र खड्का, मनोज सदासकर, बम बहादुर बोगटीले उम्मेदवारी गर्दा गरेका छन ।

त्यस्तै देउवा प्यानलबाट उपाध्यक्षमा दलबहादुर खड्का, फागुराम चौधरी र लक्ष्मण धामी, महासचिवमा अर्जुन खडका, सचिवमा हर्क विक, कोषाध्यक्षमा दिपकराज भट्ट, सदस्यहरुमा दिलबहादुर शाहु, बालकृष्ण ओझा, भरत बहादुर कोली र नवीन साउँदले उम्मेदवारी दर्ता गरेका छन ।

अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा १ हजार ५६३ जना मतदाता रहेका छन ।

आज नै उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवार माथि दावी विरोध, दावी विरोधमा छानविन र निर्णय, उम्मेदवारीको फिर्ता लगातका काम गरी अन्तिम नामावली पनि आज नै प्रकाशित गरिने निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन ।