सुनको मूल्य एकैचोटी यती धेरै घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य एकैचोटी यती धेरै घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भई रहेको चाँदी रहेर सोही मूल्यमा कारोबार भइरहेको छ।