टीकापुरको एक घरमा आगलागी

टीकापुरको एक घरमा आगलागी

धनगढी । टीकापुरमा एक घरमा आगलागी भएको छ। टिकापुर नगरपालिका वडा नम्बर–९ रोहनीभुजीमा आशाराम चौधरीको घरमा आइतवार आगलागी भएको वडा नम्बर ९ का वडा अध्यक्ष लौटन चौधरीले जानकारी दिए।

आगलागीबाट घरभित्र रहेको गँहु, तोरी, चामल, काठ लत्ताकपडा, काठसमेत जलेर अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको छ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको अध्यक्ष चौधरीले बताए। इलाका प्रहरी कार्यालय टिकापुरका अनुसार दिउँसो २ बजेको समयमा घरमा कोही नभएको बेलामा अचानक आगलागी भएको जनाएको छ।