अत्तरियामा २५ लाखको लगानीमा निर्मित नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट भोली देखी सन्चालनमा आउने

अत्तरियामा २५ लाखको लगानीमा निर्मित नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट भोली देखी सन्चालनमा आउने

अत्तरिया । कैलालीको अत्तरियामा नबनिर्मित नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट भोली देखी सन्चालनमा आउने भएको छ । नमस्ते होटेलले सुबिधा सम्पन्न खेल मैदान निर्माण गरेको हो । आज पत्रकार सम्मेलन गरेरे कोर्टको बारेमा जानकारी दिएको हो । 

नमस्ते ब्याटमिन्टन इन्डोर कोर्टका सन्चालक लक्ष्मण धामी करिब २५ लाखको लगानीमा अत्याधुनिक कोर्ट बनाएको बताए । उनले रास्ट्रिय स्तरमा बनेका कोर्टहरु कै मापदण्डमा बनाइएको दाबी गरे । निजी क्षेत्रबाट ठुलो लगानीमा ब्याटमिन्टन इन्डोर कोर्ट निर्माण भएको भएपनी स्थानिय सरकारले  अब खेल क्षेत्रमा लगानी बढाउनु पर्ने उनको भनाई रहेको छ । 

सोही कार्यक्रममा बोल्दै गोदावरी २ का वडा सदस्य एबम ब्याटमिन्टन खेलाडी देबराज भट्टले यस क्षेत्रमा ब्याटमिन्टन खेलको प्रभाब राम्रो हुँदै गएको र इन्डोर खेल मैदानको अभाब भएकाले अब सहज हुने बताए । उनले भने  बिगत केही बर्ष यता घर घरमा खेलाडीहरु कोर्ट बनाएर खेल्ने गरेका छन । अब यो मैदान बनेपछि सबै मौसममा खेल्न सहज हुन्छ । यसको बहुप्रयोग पनि गर्न सकिन्छ।

खेल मैदान बनेपछि यस क्षेत्रका खेलाडी र बिधालयले पनी खेल मैदान प्रयोग गर्न सक्ने सन्चालक धामीको भनाई रहेको छ। नम्स्ते होटेलकै अगाडी खेल मैदन बनेको हो । इन्डोर कोर्ट निर्माण भएपछि जाडो, गर्मी र हुरी बतासको समयमा पनि सधैं खेल्न सहज हुने भएको छ ।