एमाले कैलालीले असार २० सम्म सदस्यता नविकरण गर्ने

एमाले कैलालीले असार २० सम्म सदस्यता नविकरण गर्ने

धनगढी । नेकपा (एमाले) कैलालीले असार २० गतेसम्म सदस्यता नविकरण गरिसक्ने भएको छ ।

जिल्ला कमिटीको सचिवालय बैठकले सो निर्णय गरेको सचिव डेजी पाण्डेले बताए ।

भदौमा हुने प्रदेश कमिटीको अधिवेशन र त्यसपछि मंसिरमा हुने जिल्लाका लागि सदस्यता नविकरण तिब्र बनाउने सचिव पाण्डेले बताए ।

उपसचिव लोकेन्द्र बहादुर शाहीका अनुसार कैलालीमा एमालेका २२ हजार सदस्य छन् भने हालसम्म पाँच हजारले नविकरण गरिसकेका छन् ।

जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकमा कैलाली इन्चार्ज गणेश ठगुन्ना सहितका केन्द्र र प्रदेशका नेताहरुको समेत उपस्थिति रहेको थियो ।