परराष्ट्र मन्त्री साउद अछाममा

परराष्ट्र मन्त्री साउद अछाममा

अछाम । परराष्ट्र मन्त्री एनपी साउँद अछाम पुगेका छन् । चौर पाटी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न मन्त्री साउँद शनिवार राती अछाम पुगेका हुन् । 

“गाउँपालिकाको भवन उद्घाटन उनको मुख्य बिजनेस (काम) हो, भेटघाट, मन्दिर दर्शन अरू काम हुने भए ।” मन्त्री साउँदसँगै रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले जानकारी दिए । भवनको उद्घाटनपछि आइतबार नै मन्त्री साउँद अछामबाट फर्किने शाहको भनाइ छ ।