कैलालीमा तरुण दलको धनगढीमा रिले अनसन

कैलालीमा तरुण दलको धनगढीमा रिले अनसन

धनगढी ।   नेपाल तरुण दल कैलालीले धनगढीमा रिले अनसन सुरु गरेको छ। नेपाली काँग्रेसको युवा संगठन तरुणदलमा आबद्ध रहेका महत्वपुणर् व्यक्तिहरुलाई केन्द्रिय समितीमा समावेश नगरिएको भन्दै अनसन थालिएको हो। 

पार्टीका नेतृत्वकर्ता तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवालाई दबाब स्वरुप कैलालीमा रहेको जिल्ला पार्टी कार्यालयमा तरुणदलमा आबद्ध व्यक्तिहरुले आजबाट अनसन थालेका हुन्। तरुणहरुको मानर्मदन हुनेगरी विधान विपरीत विभेदकारी सिण्डकेट प्रथाद्धारा ल्याईएको तदर्थ समितीलाई यथाशिघ्र पुर्नगमन गरीनुपर्र्ने माग रहेको नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर बमले बताए।

लामो समयसम्म पनि पार्टीमा रहेर काम गर्दा समेत केन्द्रिय समितीमा अन्यहरुको नाम राखेर आफुहरुलाई अपहेलीत तुल्याएको अनसनरतहरुको गुनासो छ। उनीहरुले अनुसार आन्दोलन,चुनाव तथा संघर्षजस्ता बिभिन्न प्रयोजनमा मात्र आफुहरुलाई सम्झने र समिती गठन गरिदां आफुहरुलाई छुटाइएको भन्दै घोर भत्सर्ना गरेका छन्। 

२०८० साल असार १३ गते गठिन समितीले पुराना जिल्ला अध्यक्षहरुको नाम समावेश गरेको छैन। जसमा तरुणदलमा आबद्धहरु असन्तुष्ट बनेका छन्। आफ्ना मागहरु केन्द्रले सुनुवार तथा सम्बोधन नगरे अग्राल रुपमा सुदुरपश्चिम प्रदेशभरी नै अनसन थालिने कैलाली तरुणदलद्धारा चेतावनी रहेको छ।