‘दर्पणछाया २’ कलाकारले कसे लगनगाँठो, को - स्टार पुष्पले दिए बधाई

‘दर्पणछाया २’ कलाकारले कसे लगनगाँठो, को - स्टार पुष्पले दिए बधाई

काठमाडौं । दर्पणछाया २’ फेम्ड कलाकारहरु सहारा कार्की र फिरोज तिमल्सिना वैवाहिक बन्धनमा बाँधिएका छन् । सोमबार अमेरिकामा परिवार र आफन्तको उपस्थितिमा आयोजित वैवाहिक समारोहमा उनीहरुले लगनगाँठो कसेको जनाइएको छ ।

२०७४ सालमा रिलिज भएको तुलसी घिमिरे निर्देशित उक्त फिल्ममा यी दुई जनाले अभिनय गरेका थिए । त्यतिबेलादेखि नै उनीहरु प्रेम सम्बन्धमा रहेको बताइएको छ । गत साता उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

यी दुईले ‘मेरी प्रिया’ र ‘किन’ बोलको म्युजिक भिडियोमा पनि सहकार्य गरेका छन् । ‘दर्पणछाया  २’ बक्स अफिसमा असफल भएपछि यी दुई अमेरिका प्रस्थान गरेका थिए । ‘दर्पणछाया २’ मा उनीहरुसँगै अभिनय गरेका अभिनेता पुष्प खड्काले नवविवाहित जोडीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले सुखद दाम्पत्य जीवनको कामना गरेका छन् ।