देउवाले तरुण दलको तदर्थ समितिमा थपे चार सय  सदस्य

देउवाले तरुण दलको तदर्थ समितिमा थपे चार सय  सदस्य

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन्। 

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहेको तरुण दलको तदर्थ समितिमा गएराति चार सय सदस्य थप गरेका हुन्। 

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा। प्रदीप पराजुलीले जानकारी दिए।