नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।  साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको नेपाली टोली बुधबार राति काठमाडौं आइपुगेको हो। 

नेपाली टोली साफ च्याम्पियनसिपमा समूह चरणमा मात्रै एक खेल जित्दै घर फर्किएको हो।  समूह चरणको खेलमा नेपाल साविक विजेता भारतसँग २–० र आमन्त्रित कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो भने पाकिस्तानलाई १–० ले पराजित गरेको थियो। सन् २०१५ को साफ च्याम्पियनसिप पछि नेपाली टोली समूह चरणबाटै घर फर्किएको यो पहिलो पटक हो। 

समूह चरणबाटै बाहिरिए पनि यसको सकारात्मक पक्ष नेपाली टोलीमा धेरै युवा खेलाडीले अवसर पाएको र उनीहरुको प्रदर्शनबाट नयाँ योजना बनाउन सहज भएको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस बताउँछन्।