डडेल्धुरामा जनसभा गर्दै रास्वपा

डडेल्धुरामा जनसभा गर्दै रास्वपा

डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक डडेल्धुरामा जनसभा आयोजना गर्ने भएको छ । रास्वपाले यही असार २१ गते बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजना गर्ने भएको सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिएका छन ।

उनका अनुसार उक्त जनसभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ ।