माल्टामा  माओवादी केन्द्रको प्रवास कमिटी जनप्रगतिशिल  मंचको संयोजकमा नारायण

माल्टामा  माओवादी केन्द्रको प्रवास कमिटी जनप्रगतिशिल  मंचको संयोजकमा नारायण

काठमाडौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको माल्टामा प्रवास  कमिटि जनप्रगतिशील मंच गठन भएको छ ।  
बुधबार जनप्रगतिशील मंच युएईका युवा संयोजक तथा एनाअरएनका सचीव राजेन्द्र रोस्याराको प्रमुख आतिथ्यमा बसेको बैठकले  नारायण प्रसाद अधिकारीको संयोजकत्वमा १४ सदस्यीय कमिटी गठन गरिएको हो । 

त्यस्तै बैठकले अशिम लोप्चन  तामाङलाई सचिवको जिम्मेवारी दिइएको छ ।  गठित यो कमिटीले छ महिना भित्र अधिवेशन गर्ने र माल्टामा विभिन्न पेशा व्यवसाय गरेर बसोबास गर्ने  माओवाद केन्द्रप्रती आस्थावान व्यक्तिहरुलाई संगठनमा  आवद्ध गराइने लोप्चनले जानकारी दिए ।

सदस्यहरुमा बिक्रम अधिकारी,अर्जुन न्यौपाने,बिनय बुढाथोकी ,दिनेश नागरी,सुरेन पाठक,अम्बिका सापकोटा अधिकारी,बिस्णु चापागाईं,सरोज सुवेदी,राम पन्थी,बिपिन मल्ल,रुद्र कार्की, अशुन दर्लामि चयन भएका छन ।