खेतिका लागि विद्यालय आउदैनन विद्यार्थी

खेतिका लागि विद्यालय आउदैनन विद्यार्थी

१२ वर्षे निजी क्षेत्र (बोर्डिङ)को लामो अनुभव पछि मैले सरकारी विधालयमा शिक्षण पेशामा प्रवेश गर्ने मौका पाए । 
आजभोली म डोटी जिल्लाको दुर्गम गाउँपालिकाको सायलको महाकाली माध्यामिक बिद्यालय  अलैतवडामा नि मा वि राहात कोटामा अध्यापन कार्यमा सङ्लग्न छु । निजी क्षेत्रको दरो खटाइमा अभ्यस्त भएको मलाई सुरु सुरुका दिनहरूमा अलि असहज नै भएको अनुभव हुन्थ्यो तर विधालय प्रशासन (प्रधानाध्यापक) एकदमै मिजासिलो स्वभाव तथा अभिभावकिय दायित्वबोध भएका र अन्य सहकर्मी साथीहरू समेत उदार भएकाले मलाई घुलमिल हुन त्यति धेरै समय लागेन । 

निजी क्षेत्रभन्दा अलि बढी नै फुर्सद हुने भएकोले म लगायत मेरा अन्य सहकर्मी साथीहरू चियाको चुस्कीसंगै समसामयिक  गफगाफमा समेत व्यस्त रहन्थ्यौ शिक्षण पेशामा लामो अनुभव भएता पनि सरकारी क्षेत्रको शिक्षण पद्धतिबारे भने म अलि अनविज्ञ नै थिए । 

विधार्थी सङ्ख्या न्यून अझै कक्षा कोठामा उपस्थित त झनै कम कक्षा व्यवस्थापन देखि लिएर विद्यालयको प्राथना कार्यसम्म नै अलि अपुग अपुग जस्तो लाग्ने त्यति मात्रै नभएर विद्यार्थीको शैक्षिक स्तर समेत कमजोर भएका कारण मेरा प्रधानाध्यापक (हेडसर) ले शैक्षिक स्थितिमा पनि सुधारहुने र म जस्ता टाढा बाट आउने शिक्षकलाई सहजहोस भन्ने उदेश्यले छात्रबास खोल्नुपर्छ भन्ने प्रस्ताव ल्याउनु भयो उत्त प्रस्तावलाई स्वागत गर्दै विद्यालयका सम्पूर्ण शिक्षक साथीहरूले म एकजना अङ्ग्रेजी शिक्षक र एकजना BSC सरलाई छात्रबासको सम्पूर्ण जिम्मेवारी दिइयोे । हामी विद्यालयमा कार्यरत शिक्षकहरु प्रायः युवा तथा केही गर्नु भन्ने स्वभावका थियौं । म पनि आफूले निजी क्षेत्रमा अनुभव लिएका कुराहरुलाई विद्यार्थीको सर्वाङ्गिण हितको लागि लाग्नुपर्छ भन्ने दृढ सङ्कल्प लिएर अगाडि बढिरहेको थिए । हामीले छात्रबासमा अलवा अन्य क्रियाकलापहरु जस्तैः खेलकुद ,सरसफाइ तथा सामाजिक  कार्यहरु समेत गर्नुपर्छ भनी त्यस्ता खालका कार्यक्रमलाई समेत जोड दिदै आएका थियौं । 

प्रायः गरि बर्षा सुरुहुनु भन्दा पहिले हाम्रा सबै कार्यक्रमहरु राम्रै चलिरहेका थिए । ११जनाबाट सुरुवात गरेको छात्रबासमा समेत २३ जना विद्यार्थीहरु पुगिसकेका थिए । बर्षायामको सुरुवातसंगै किसानहरुलाई खेतीपातीको कामले भ्याइनभ्याई हुन्थ्यो साहेद मानो रोपेर मुरी फलाउने समय भएरपनि प्रायः महिलाहरु दिनभर काममा नै ब्यस्त देखिन्थे भने पुरुषहरु भने सिमित काम गरि नसामा नै लठ्ठीएका देखिन्थे ।

प्राय दिनभरिमा कम्तिमा पनि ३÷४ बोतल तल्लो स्तरको रक्सी पिएर मादकमा नै अभ्यष्त भएका देखिन्थे । प्रायः हामीलाई बाहिरी वातावरणको खासै मतलब हुन्थेन तर यहाँ अध्ययनरत विद्यार्थी भाइबहिनीहरुसंग अध्ययनका लागि सामान्य किसिमका शैक्षिक सामग्रीहरु समेत नहुदाभने दिगदार लाग्थ्यो र केही गर्नुपर्छ भन्ने सोच नै तुहिन पुग्थ्यो कक्षाकोठामा प्रवेश गरिसकेपछि मैले कैयौंपटक यस्ता तिता अनुभवहरु बटुलेको छु । 

कैयौंपटक सम्झिन्थे आफूले अध्यापन गरेको पुरानो निजी विद्यालयलाई  । जहाँ हरेक कुरा इसारामा हुनेगर्थे चिटिक्क परेका टाईबेल्ट ठोकेका तर अध्ययनको धेरै चिन्ता  नभएका केवल विद्यालय अनि अभिभावकको परिश्रमले बढी पढाइमा लगनशिल भएका महङ्गो जीवनशैली ब्यतित गरिरहेका विद्यार्थीहरुलाई अनि यता सम्झन्थे जो अभावमा जीवन ब्यतित गरिरहेका छन । जो आफू आफ्नो चुहिने घर, चोली फाटेकी आमा अनि बृद्धअबश्थाका बुबा तथा स साना भाइबहिनीहरुको सपनालाई साकार गर्ने उदेश्यका साथ घर खेत अनि समाजको सम्पूर्ण कामको जिम्मेवारीबोध लिइ विद्यालय आउँछन र पूरा समय विद्यालयमा पढ्न नपाइ घरको  काममा ब्यस्त रहन्छन कस्तो दयनीय अबस्था छ साच्चै ग्रामीण परिवेशमा । यहाँ न कुनै शिक्षा  बिदका शिक्षाका नीति काम लाग्छन् न त सरकारी सरकारी क्षेत्रका सरोकारवाला निकायको नै ध्यानाकर्षण जान्छ केवल एस ई ई परीक्षाको नतिजा प्रकाशित हुदा वास्तविकतामा ध्यान नदिइ सरकारी विधालय तथा शिक्षकहरुको बदनाम गराइन्छ न नीति छ न परिवर्तन न वास्तविकताको पहिचान केवल दोषारोपणमात्र मेरो विद्यालयमा ६ बजे देखि १२ बजेसम्म पठनपाठन हुन्थ्यो म छात्रवासमा नै बस्ने भएकाले ५ बजे उठेपनि सहजै रुपमा विद्यालय भ्याउथे । एकदिन बिहान ४ः३० बजेको थियो म तन्द्रा अवस्थामा नै थिए एकजना १० कक्षामा पढ्ने भाइको आमा हुनुहुदो रै छ छात्रबासको ढोका ढकढक्याउदै आमाले मास्टरौ भनी सम्बोधन गर्नु भयो म आत्तिए अनि बिहानै को र किन ? आयोहोला भनी ढोका खोले विद्यार्थीहरु मस्त निन्द्रामा भएका कारण उनीहरुलाई भने बिउझाइन अहो आमा नमस्कार भन्दै मैले साक्षातकार गरे यति बिहानै किन आमा मैले प्रश्न गरे आमाले आफ्नै भाषामा भन्नुभयो क्या अद्देहौ मास्टरौ बेली रात मेघ आयो सबैका बल्ल बिरामी भइबट खतम छन मेराबल्ल नमाइनिका छन रे हजुर आज चेलो खेत बाउने हो आज रे भोल तैलाई छुट्टी दि हाल प्रभु आमाका यी समधुर बोलीका पिडादायक बाध्यता सुनेर म अमुक भए मैले कुनै जवाफ नै दिन सकिन । 

मस्त निन्द्रामा निदाइरहेको उहाँको छोराको अनुहार हेरे आफैलाई खिन्नताबोध भयो र ती विद्यार्थीहरुको बाध्यात्मक परिस्थिति देखेर म आफै वाल्ल परे नभन्दै उक्त विद्यार्थीलाई खेत जोत्न जान दिन बाध्य भए र त्यो भाइ अहिलेसम्म न विद्यालय पर्केको छ न त छात्रबासमा नै त्यसपछि म एकछिन शहरका विद्यार्थीलाई सम्झे जहाँ विद्यार्थी बोक्न विद्यालयको बस घरमै पुग्छ अभिभावकहरुले पोषणयुक्त खाजा तयार पारी विद्यालयमै पुगाइदिन्छन शैक्षिक सामग्रीहरु प्रशस्तमात्रामा उपलब्ध छन अतिरिक्त कक्षाहरुको ब्यबस्था छ दक्ष जनशक्ति छ अनि सरकारले एस ई ई मा तुलना गर्छ शहरमा बस्ने सुखभोगी विद्यार्थी र ग्रामीण परिबेशमा बस्ने सङ्घर्षशील विद्यार्थीका बीचमा । प्रस्तुत  लेखमा उल्लेख भएको भाइ एक उदाहरणीय पात्रमात्र हो यस्ता थुप्रै उदाहरणहरु मैले थोरै समयमै धेरै देखेको छु तसर्थ विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुले आ आफ्नो कर्तव्य पूरा गरेकै छ त म भन्दिन तर धेरैजस्तो इमानदार र विद्यार्थीको भविष्य प्रति चिन्तित शिक्षक शिक्षिकाहरु पनि हुनुहुन्छ विद्यालय शिक्षाको स्तर खस्किनुमा धेरैजसो राज्यको नै भुमिका रहेको छ शिक्षा क्षेत्रमा अनुगमन छैन दण्ड पुरष्कारको ब्यबस्था छैन शिक्षकहरुलाई निजामती कर्मचारीको जस्तो सेवा सुबिधा छैन धेरैजसा साथीहरू पार्टीका झोलेमात्रै बनेका उदाहरण पनि छन अभिभावकलाई आफ्ना बालबालिकाको चिन्ता छैन राज्यलाई मतलब छैन अनि का बाट सरकारी विद्यालयमा गुणस्तर आओस र निजी क्षेत्रसंग प्रतिस्पर्धा गरोस तसर्थ सम्पूर्ण बालबालिकाहरुको पढ्न पाउने अधिकार सुनिश्चित गरि शिक्षाको आधुनिकिकरणमा नलागेसम्म कागजी नियमहरु रद्दीको टोकरीमा फाल्नु बाहेक बिकल्प नहोला तसर्थ विद्यालयमा खाजा र छात्रवृत्ति मात्रै नभएर दक्ष तथा लगनशील शिक्षक तथा अभिभावकत्वको समेत निर्वाह गरिदे सरकार !  अस्तु

लेखक : केशवराज ओझा 
शिक्षक सायल गाउँपालिका, डोटी