क्रिकेट खेलिरहेका किशोरको मृत्यु

क्रिकेट खेलिरहेका किशोरको मृत्यु

टीकापुर । कैलालीको टीकापुरमा क्रिकेट खेलिरहेका किशोरको मृत्यु भएको छ । टीकापुर नगरपालिका–५ नुक्लिपुरका १८ वर्षीय शंकर जैसीको क्रिकेट खेल्दै गर्दा एक्कासी बेहोस भएर मृत्यु भएको हो ।

गाँउमा क्रिकेट खेलिरहेको अवस्थामा उनी एक्कासी बेहोस भएका थिए । उनको उपचारकै क्रममा सोमबार साँझ टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।