पार्टीको संगठन बलियो बनाउन सहमहामन्त्री पाण्डेको निर्देशन

पार्टीको संगठन बलियो बनाउन सहमहामन्त्री पाण्डेको निर्देशन

बैतडी । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पार्टीको संगठन बलियो बनाउन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । दार्चुला जाने क्रममा बैतडी सदरमुकाममा भएको अन्तरक्रियात्मक छलफलमा उनले पार्टीलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने दाबी गरे । 

नेपाली कांग्रेस बैतडीको जिल्ला कार्यालयमा भएको छलफलमा पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाई तल्लो तहदेखि नै बलियो कांग्रेस बनाउनुपर्नेमा जोड दिएको नेपाली कांग्रेस दशरथचन्द नगर सचिव गणेशसिंह थापाले बताए । 

अन्तरक्रियामा पार्टीभित्र देखिएका समस्या र समाधानका बिषयमा समेत छलफल भएको उनले बताए । अन्तरक्रियामा नेपाली कांग्रेस बैतडीका उपसभापति खगेन्द्रसिंह धामी, पूर्व जिल्ला सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, जिल्ला सहसचिव दिपेन्द्रबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनका लागि सहमहामन्त्री पाण्डे आजै दार्चुला गएका नगर सचिव थापाले बताए ।