पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन पाँच वर्षसम्म जाने बताएका छन् । 

सोमबार धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताए । 

‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुनेनहुने चर्चा चल्ने गरेको  छ । पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ’, प्रचण्डको भनाइ छ ।  

१८ औँ शताब्दीमा कार्लमाक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ् ! भनेको स्मरण गर्दै दुनियाँले के भन्छ रु त्यतातिर भन्दा पनि राम्रो गर्दै जानेतिर आफ्नो ध्यान रहेको प्रधानमन्त्रीले बताए । 

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाई थियो । 

आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने प्रधानमन्त्रीको विश्वास छ ।