बुढीनन्दा नगरपालिकाले ल्यायो ४४ करोड ४९ लाख बजेट

बुढीनन्दा नगरपालिकाले ल्यायो ४४ करोड ४९ लाख बजेट

बाजुरा । आर्थिक वर्ष २०८०/८१ का लागि नगर सभामा बजेटमा बुढिनन्दा नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । नगरपालिकाले आर्थिक बर्षको निती तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै बजेट ल्याएको हो । जम्मा ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट नगरपालिकाले ल्याएको छ ।

संघिय र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट आगामी वर्षका लागि प्रस्ताव गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताए । प्रस्तावित बजेटमा ११ करोड ९९लाख ८८ हजार २ सय ५७ रुपैया आन्तरिक राजस्वमा देखाएको छ । भने संघिय सरकारबाट ३१ करोड ५९ लाख र प्रदेश सरकारबाट ९० लाख ५३ हजार बजेट विनियोजन गरिएको छ ।

पालिकाको सबै सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि जग बसाउने गरि बजेट तय गरिएको नगर प्रमुख बोहोराले बताए । बिशेष गरी शिक्षामा नगर प्रमुख शैक्षिक कार्यक्रम र नगर प्रमुख रोजगार कार्यक्रमलाई शैक्षिक संरचना विकासमा नै केन्द्रीत गरिएको छ ।

कुल बजेटको आधा बढी लगानी शिक्षामा गर्ने गरि बजेट प्रस्ताव गरिएको र व्यक्तिगत योजना र केही व्यक्तिका स्वार्थ जोडिने योजनाको अन्त्य गरिएको बताएका छन् । “सुखी जनता समृद्ध बुढीनन्दा नारालाई नगर सरकारले यो वर्षपनि निरन्तरता दिएको छ ।

पाकिलाले शिक्षाका लागि दिर्घकालिन र अल्पकालिन शैक्षिक योजना निर्माण गर्ने, ११ र १२ कक्षासम्म पनि कुनै प्रकारको शुल्क नलिने, विद्यालय समायोजन कार्यक्रम अघि बढाउने नीति लिएको छ ।

नगर प्रमुख जनक कुमार बोहराले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अंग्रेजी, विज्ञान गणित विषयमा सुधारात्म कक्षा सञ्चालन गर्ने, कक्षा ३, ५ र ८ मा नगर स्तरीय परीक्षा सञ्चालन गर्ने, नगरपालिकाका उत्कृष्ट विद्यालय, प्रअ, शिक्षक र व्यवस्थापन समितिलाई सम्मान गर्ने नीति पारित गरेको छ ।