टिकटक स्टार अंशु बर्माको टिकटक एकाउन्ट बन्द, जस्ले लाईभ बसेरै महिनामै कमाउथे २५-२८ लाख

टिकटक स्टार अंशु बर्माको टिकटक एकाउन्ट बन्द, जस्ले लाईभ बसेरै महिनामै कमाउथे २५-२८ लाख

धनगढी । टिकटकमा लाइभ आएर दिनमै लाखौं कमाउने गरेका कञ्चनपुरको महेन्द्रनगरका अंश बर्माको टिकटक एकाउन्ट बन्द भएको छ ।

टिकटक लाइभ बसेर दिनमै लाख भन्दा बढी कमाउने र महिनाको २५ लाख भन्दा बढी कमाउने गरेको बताउने गरेका थिए । उनी दैनिक १० देखि १२ घण्टा लाइभ बस्ने गरेका थिए ।

टिकटकमा लाइभ बसेर कमाएको पैसाले एउटा कार, महेन्द्रनगरमा एउटा घर, काठमाडौमा एउटा घर किनेको र सामाजिक सेवामा खर्च गर्ने गरेको टिकटकर बर्मा बताउने गरेका छन् ।

तीन बर्षअघि खोलेको उनको उक्त एकाउन्टमा २.१ मिलियन फ्लोर्स थिए । उक्त एकाउन्ट बन्द भएपछि बर्माले अहिले नयाँ एकाउन्ट खोलेका छन् ।