न्यूनतम पारिश्रमिक लागु हुन नसकेको प्रति पत्रकारको चिन्ता

न्यूनतम पारिश्रमिक लागु हुन नसकेको प्रति पत्रकारको चिन्ता

धनगढी । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था चुनौती र भावी रणनीति बिषयक अन्तरक्रिया धनगढीमा सम्पन्न भएको छ । अहिले पनि  निर्धारण गरेको पारिश्रमिक लागु हुन नसकेको प्रति पत्रकारले चिन्ता व्यक्त गरेका छन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले आइतबार धनगढीमा गरेको प्रदेश स्तरीय छलफलमा सहभागी पत्रकारले तोकिएको पारिश्रमिक उनीहरूले नपाएको बताएका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले विगतदेखि नै पत्रकारका हक हितमा काम गरिरहेको बताइन् ।

बनेको ऐन कानुन अहिले पनि पूर्ण रूपमा लागु हुन नसक्नु दुखद भएको उनले बताइन् । राष्ट्रिय स्तरको मिडियामा न्युनतम  पारिश्रमिक ३४ हजार र अन्यमा २५ हजार तोकिएको अध्यक्ष  खड्काले बताइन् । यसलाई कार्यान्वयन गर्न जरुरी देखिएको उनले बताइन् ।

पछिल्लो समय आर्थिक मन्दीका कारण मिडिया हाउस बन्द हुने अवस्थामा आइसकेको वरिष्ठ पत्रकार चित्राङग थापाले बताए । उनले यहाँ पत्रकारितासँगै अन्य सिप पनि सिक्नुपर्ने अवस्था आइसकेको बताए । पछिल्लो समय मिडिया नै संकटमा परेको प्रति कतिपयले चिन्ता ब्यक्त गरे । 

पत्रकार रमा चन्दले तोकिएको पारिश्रमिक पत्रकारले कहिले पनि नपाएको गुनासो गरिन् । श्रम अनुसारको पारिश्रमिक पाउनुपर्नेमा उनको जोड थियो ।

No description available.

कार्यक्रममा वरिष्ठ पत्रकार चित्राङग थापा, मनमोहन स्वार, पत्रकार महासङ्घका केन्द्रीय सचिव हेम कर्ण बिक, वीर बहादुर बलायर, हरि जोशी, श्रवण देउवा, मुकेश टेर्रा, भावना जोशी, पुष्पराज जोशी, सबिता बुढा, रमा चन्द लगाएका पत्रकारको उपस्थिति थियो ।