बैतडीको दोगडाकेदारले ल्यायो ५१ करोड ४४ लाखको बजेट

बैतडीको दोगडाकेदारले ल्यायो ५१ करोड ४४ लाखको बजेट

बैतडी । बैतडीको  दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी  ५१ करोड ४४  लाख भन्दा बढीको  बजेट ल्याएको  छ । गाउँपालिकाले अगामी  आर्थीक वर्ष  २०८०/८१ का लागि ५१ करोड ४४ लाख ४० हजार  ४ सयको  बजेट ल्याएको  गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए ।

 गाउँपालिका उपाध्यक्ष पावर्ती कार्कीले अगामी आर्थिक वर्षको  बजेट गाउँसभामा पेश गर्नु भएको  छ । गाउँपालिकाले  पुराना कार्य्रकमलाई  निरन्तरता दिएर  शिक्षा स्वास्थ्य र  कृषिलाई  प्राथमिकतामा राखेको गाउँपालिकाका प्रवक्ता  भट्टले  बताए ।