बाल क्लबका पदाधिकारीलाई नेतृत्व बिकास सम्बन्धी तालिम

बाल क्लबका पदाधिकारीलाई नेतृत्व बिकास सम्बन्धी तालिम

धनगढी । कैलालीको टिकापुरमा बाल क्लबका पदाधिकारीहरूलाई नेतृत्व बिकास सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र बाल कल्याण सङ्घ टिकापुरको संयुक्त साझेदारीमा सञ्चालित एकीकृत बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजनाले उनीहरूलाई तालिम प्रदान गरेको थियो । 

तालिममा टिकापुर, भजनी, घोडाघोडी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका भित्रका २९ जना बाल क्लबका पदाधिकारीहरूको उपस्थित रहेको थियो । उनीहरूलाई बाल अधिकारका क्षेत्रहरू, बाल अधिकार तथा कर्तव्य, बाल संरक्षण तथा बाल संरक्षणका सवालहरू, अर्थपूर्ण बाल सहभागिता, बालबालिकाहरू माथी हुने हिंसा, दुर्व्यवहार तथा व्यवस्थाका प्रकार र त्यस सम्बन्धी कानुन व्यवस्थाको बारेमा जानकारी दिइएको थियो । 

बालमैत्री स्थानीय  शासन राष्ट्रिय मञ्चका संयोजक तथा प्रमुख प्रशिक्षक अशोक खनाल  तथा सदस्य साहिल अन्सारीले तालिमको सहजीकरण गरेका थिए । तालिमको  उद्देश्य माथि प्रकाश प्रोग्राम म्यानेजर सुगम रेग्मीले गर्नु भएको थियो  भने बाल कल्याण सङ्घ टीकापुरका अध्यक्ष धन बहादुर बि।क को  सभा अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।