पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु

बैतडी । सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । 

सडकमा खसेको पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । सडक सुचारु भएसंगै बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु र सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।