टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

हेटौडा । हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएकाे छ ।

भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा २५ वर्षका अमित कपाडीको ज्यान गएकाे हाे ।

टिपरकाे ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

स्कुटरका चालक सामान्य घाइते भइ हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो ।