डोटीका एक शिक्षक धनगढीबाट सम्पर्क विहीन

डोटीका एक शिक्षक धनगढीबाट सम्पर्क विहीन

धनगढी । डोटीका शिक्षक धनगढी बाट सम्पर्क बिहिन भएका छन् । 

जिल्लाको डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ मा रहेको  दुर्गा आधारभुत विद्यालयका शिक्षक पदम पछेरा धनगढी बाट सम्पर्क विहीन भएका हुन्। 

उनका आफन्तका अनुसार धनगढी उपचारका लागि जान्छु भनेर घर बाट बिहिवार आएका थिए । तर उनि बिहीवार बाट देखिनै सम्पर्कमा छैनन्। उनको खोजीका लागि प्रहरीमा निवेदन दिइएको छ।