घरमाथि चट्याङ खस्दा छोरा र छोरीको मृत्यु, आमा घाइते

घरमाथि चट्याङ खस्दा छोरा र छोरीको मृत्यु, आमा घाइते

बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु भएको छ।

ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनका ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

चट्याङले घरनजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीले बताए। घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले जानकारी दिए।