पहिरोका कारण साँफे–मार्तडी सडक अवरुद्ध

पहिरोका कारण साँफे–मार्तडी सडक अवरुद्ध

बाजुरा। पहिरोका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। बाजुरा जिल्ला जोड्ने साँफेमार्तडी सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले जिल्लाको बुढीगंगा नगरपालिकाको वडा नम्बर १ मा पहिरोका कारण सडक अवरुद्ध भएको बताएको छ। बाजुरा प्रहरीका अनुसार सडकमाथिबाट ढुगाङ सडकमा आएका छन्। ढुङ्गा हटाउने प्रयास थालिएको छ। बर्खा सुरुभएपछि बाजुराका सडक यातायात वर्षेनी अवरुद्ध हुँदै आएका छन् ।