सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा सर्प दंशवाट एक जना १३ बर्षीया बालिकाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरी निवासी दिक्षा वलीको सर्प दंशवाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

बर्खा लागे संगै तराइका बिभिन्न जिल्लामा सर्प दंश बाट बर्षेनी धेरैले ज्यान गुमाउदै आएका छन् ।