खो-खो संघको अध्यक्षमा बोहरा चयन

खो-खो संघको अध्यक्षमा बोहरा चयन

धनगढी । सुदूरपश्चिम प्रदेश खो-खो संघको अध्यक्षमा कृष्णबहादुर बोहरा सर्वसम्मत ढंगले चयन भएका छन् ।

शनिबार धनगढीमा भएको प्रथम अधिवेशनबाट बोहराको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।

संघको उपाध्यक्षमा लक्ष्मण बोहरा, सचिवमा नागराज नाथ,  कोषाध्यक्षमा पुजा शाह चयन भएका छिन ।

यस्तै सदस्यमा सुरेन्द्र ऐर, पार्वती खडका, राजेन्द्र बोहरा, शिवराज भण्डारी र टेकबहादुर साउद चयन भएका छन् ।
प्रथम अधिवेशनको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक सिंहले समुद्घाटन गरेका थिए ।