अत्तरियामा एक युबती मृत फेला

अत्तरियामा  एक युबती मृत फेला

धनगढी। कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी मृत फेला परेकी छन्। गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी अस्मि बोहरा मृत फेला परेकी हुन्।

शनिबार करिब ४ बजेको समयमा अस्मि आफै घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख गणेश बरालले जानकारी गराए। उनी आफ्नै एक तले चार कोठे पक्की घरको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्। अस्मिले आफ्नो प्राण आफै परित्याग गरेको खुलेको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो एक वर्षयता गोदावरीमा देहत्याग गर्नेको संख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म गरी २७ पुरुष र २१ महिलाले देहत्याग गरिसकेका छन्।