बालेन र हर्कको चर्चाबीच बन्ने भयो ‘मेयर साहेब’

बालेन र हर्कको चर्चाबीच बन्ने भयो ‘मेयर साहेब’

अहिले देशमा दुई ठाउँका मेयर सर्वाधिक चर्चामा छन् । उनीहरु हुन्, काठमाडौं महानगरका मेयर बालेन शाह ९बालेन्द्र० र धरान उपमहानगरका मेयर हर्क सम्पाङ । यी दुई मेयरको चर्चाबीच निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ बनाउने भएका छन् । फिल्म कुनै मेयरको जीवनमा आधारित नभए पनि बालेन र हर्कले गरेको कामलाई नै पर्दामा उतार्ने तयारी भैरहेको बुझिएको छ ।

शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो । आगामी भदौ महिनाबाट छायांकनमा जान लागेको फिल्मका लागि अहिले कलाकार छनोटको काम भैरहेको निर्देशक गिरीले जानकारी दिए । राजनीतिक विषयवस्तुमाथि निर्माण हुने फिल्मको हाल प्रि(प्रोडक्सन र कथा लेखनको काम तीव्र रुपमा भइरहेको छ । फिल्ममा विनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ ।

विनिता फिल्मस्को प्रस्तुतिमा रहने फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती ‘मेयर साहेब’का सह(निर्मातामा छन् । निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा रहेको छ । यो फिल्म आगामी भदौ १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।