नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट

काठमाडौं । विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको छ ।

लगातार विकेट गुमाएको नेपालका दिपेन्द्र सिंह ऐरी सातौं विकेटका रुपमा मात्र १४ रनमा आउट भएका छन् । ३३.५ ओभरमा भान बिकले उनलाई इडवार्डको हातबाट क्याच गराए । उनी आउट हुँदा नेपालको स्कोर १२३/७ छ ।

यसअघि ३१.५ ओभरमा कप्तान रोहितकुमार पौडेल ३३ रनमा आउट भएका थिए ।